फुलबारी क्लबको अध्यक्षमा बास्तोला

पाेखरा | साउन ११, २०८२

फुलबारी क्लबको अध्यक्षमा बास्तोला

पोखरा:  फुलबारी क्लबको अध्यक्षमा जनार्दन बास्तोला सर्वसम्मत चयन भएका छन् । 


पोखरा–११, फुलबारीमा सम्पन्न भएको ३४औँ वार्षिक साधारणसभा तथा १७औँ अधिवेशनबाट बास्तोला अध्यक्षमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएका हुन् । 


समितिको उपाध्यक्षमा युवराज बास्तोला, सचिवमा सविना बास्तोला आचार्य, सह–सचिवमा अनन्त राज आचार्य, र कोषाध्यक्षमा रामशरण भट्टराई चयन भए । 


यस्तै समितिको सदस्यहरूमा सन्तोष भण्डारी, शिवराज पौडेल, अञ्जु ताम्राकार पौडेल, सुभास बास्तोला, रमेश बास्तोला र सङ्गीता पौडेल आचार्य छन् । 


कार्यक्रममा निवर्तमान सचिव युवराज बास्तोलाले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष सावित्रीकुमारी पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।


नवनिर्वाचित अध्यक्ष जनार्दन बास्तोलाले आफ्नो कार्यकालको पहिलो प्राथमिकता मणिपाल अस्पतालसँगको सहुलियत कार्ड सेवा पुनः सञ्चालन गर्ने रहेको बताए । 


उनले मणिपाल अस्पताल स्थापना हुँदाका बेला फुलबारी क्षेत्रका केही घरधुरीलाई दिइएको सहुलियत कार्ड हाल रद्द भएको छ, त्यसलाई पुनः निरन्तरता दिन आवश्यक रहेको बताए। उनले समुदायमै उपलब्ध स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न क्लबको भूमिका अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे।


कार्यक्रमका प्रमुख अतिथि  वडा नं. ११ का वडा अध्यक्ष प्रेम प्रसाद कर्मचार्यले फुलबारी क्लबले स्थानीय विकास, सामाजिक समावेशीता र सामुदायिक सहकार्यमा खेलेको भूमिकाको प्रशंसा गरे। उनले नयाँ कार्यसमिति अझ प्रतिबद्ध र सक्रिय रहने विश्वास व्यक्त गरे।

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्